विपक्षी दलहरूको बैठक रास्वपाले बहिस्कार गरेको हो ?
सारांश
- प्रचण्डले बोलाएको बैठकमा रास्वपा सहभागी भएन।
- जेनजीको आन्दोलन हिंसात्मक भएपछि प्रचण्डले बैठक बोलाएका थिए।
- रास्वपाले आन्तरिक व्यस्तताका कारण बैठकमा भाग नलिएको जनाएको छ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहभागी भएन ।
जेनजी पुस्ताले सोमबार गरेको आन्दोलन हिंसात्मक भएपछि प्रचण्डले बिहान ९ बजे सिंहदरबारमा विपक्षी दलहरूको बैठक बोलाएका थिए । प्रचण्डले बोलाएको हरेक बैठकमा सहभागी हुँदै आएको रास्वपा आजको बैठकमा सहभागी नभएको हो ।
नेकपा एकीकृत समाजवादी उपमहासचिव मेटमणि चौधरीले रास्वपा सहभागी नभएको बताए । तर रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बहिस्कार गरेको नभई आन्तरिक व्यस्तताका कारण सहभागी नभएको जिकिर गरे ।
‘हामीले बैठक बहिस्कार गरेको होइन । बिहानैदेखि पार्टीको आन्तरिक बैठकमा सहभागी भएकाले नगएको हो । आवश्यकता अनुसार पछि जोडिन्छौँ’, उनले भने ।
बैठकमा माओवादीसहित एकीकृत समाजवादी, नेसपा, राप्रपा लगायत दलहरू सहभागी भएको थियो । बैठकले जेनजीमाथि सरकारी दमनको भत्सर्ना गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण