काठमाडौँ महानगरपालिकाद्वारा जेनजीको आन्दोलनमा घाइतेको उपचार र व्यवस्थापन सम्हाल्दै
मङ्गलबार, २४ भदौ २०८२, ११ : ०४
सारांश
- काठमाडौं महानगरपालिकाले अस्पतालहरूमा उपचार, खाना र अन्य आवश्यक व्यवस्था मिलाउँदैछ।
- यसका लागि व्यवस्थापन टोली, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिएको छ।
- महानगरले स्वास्थ्यकर्मी र रगतलगायतका सहयोगका लागि इच्छुक व्यक्तिलाई आह्वान गरेको छ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सम्पूर्ण अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक व्यवस्था मिलाइ रहेको छ। यसका लागि महानगरले व्यवस्थापन टोली, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरिरहेको छ।
महानगरपालिकाले जारी गरेको सूचना अनुसार, विशेषगरी सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, टिचिङ अस्पताल र केएमसी सिनामंगलमा महानगरको व्यवस्थापन टोली, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी खटिएका छन् । यसका साथै, अन्य स्थानमा सहजीकरणका लागि एक सेन्ट्रल टोली पनि परिचालन गरिएको छ ।
महानगरपालिकाले आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, रगत तथा अन्य लजिस्टिक सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई आह्वान गरेको छ। इच्छुक दाताहरूले निम्न लिङ्कमा रहेको फारम भर्न सक्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण