जेनजी आन्दोलन
धनगढीमा एमाले र कांग्रेसका कार्यालयमा आगजनी, रमेश लेखकको घरमा पनि आगो लगाए
मङ्गलबार, २४ भदौ २०८२, १३ : ०८
धनगढी । जेनजी आन्दोलनका कारण कैलालीको धनगढी पनि तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले धनगढीमा कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् ।
उनीहरुले कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाइदिएका छन् ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्रमन्त्री आरजु राणाको घरमा पनि आगजनी भएको छ ।
कैलालीको लम्किचुहा नगरपालिका कार्यालयमा पनि तोडफोड गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण