समाचार
सिरहामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
मङ्गलबार, २४ भदौ २०८२, १३ : ११
सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी आदेशअनुसार, मिरचैया, गोलबजार, लहान र सिरहा नगरपालिकाका तोकिएका सीमाभित्र कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ।
कर्फ्यु लगाइएका क्षेत्रहरू:
- मिरचैया नगरपालिका: चोहर्वादेखि मलहनियाँसम्म, र फुलवरिया चोकदेखि बलुवा टोलसम्म।
- गोलबजार नगरपालिका: गागन पुलदेखि पुरानो चोहर्वासम्म, र सैनिक चोकदेखि कसहा कालाबन्जर सडकसम्म।
- लहान नगरपालिका: वलान पुलदेखि भोटिया टोलसम्म, र खुट्टी खोलादेखि कसहा कालाबन्जर सडकसम्म।
- सिरहा नगरपालिका: शिव चोकदेखि बसपिट्टासम्म, र गुलरिया चोकदेखि मखनाहा चोकसम्म।
कर्फ्युको अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै एम्बुलेन्स, दमकल, शववहान, र स्वास्थ्यकर्मीका गाडीहरूलाई भने आवतजावतमा छुट दिइएको छ। साथै, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी र कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण