शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिँदै

मङ्गलबार, २४ भदौ २०८२, १३ : ३३
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । ललितपुरको भैंसेपाटी स्थित मन्त्रीक्वार्टरबाट मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । 

सेनाको हेलिकप्टरमार्फत मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘सुरक्षा जोखिमका कारण मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।’

जेनजी पुस्ताका प्रदर्शनकारीहरूले मङ्गलवार काठमाडौँ उपत्यका केन्द्रित प्रदर्शन गरिरहेका छन् । काठमाडौँ बाहिर पनि प्रदर्शन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप