विराटनगरमा एमाले पार्टी कार्यालयमा आगजनी
विराटनगर । विराटनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
सोमबार देशभर सुरु भएको जेनजीको आन्दोलनमा सरकारले निर्मम दमन गरेर १९ जनाको ज्यान लिएपछि आक्रोशित प्रदर्शनकारीको समूहले विराटनगर पाञ्चालीस्थित एमालेको कार्यालयमा आगजानी गरेको हो ।
विराटनगरमा जारी भएको कर्फ्यूको अवज्ञा गर्दै हजारौं प्रदर्शनकारी चोक–चोक र सडकमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले सरकारको नेतृत्व गरेको दलका कारण १९ जनाको हत्या भएको भन्दै एमालेको कार्यालयमा आगजानी गरेका थिए ।
प्रदर्शनकारीकारीले ट्राफिक चोकस्थित आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरेका छन् । कार्यालयका सामान बाहिर ल्याएर उनीहरुले आगजनी गरिरहेका छन् ।
विराटनगरमा चौतर्फी प्रदर्शनका कारण सुरक्षाकर्मीको नियन्त्रण बाहिर परिस्थिति पुगेको छ । सुरक्षाकर्मीले प्रदेशसभा, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु तथा मुख्यमन्त्री र मन्त्रीको निवासको सुरक्षामा केन्द्रित हुँदा बजार क्षेत्रमा नियन्त्रण बाहिर पुगेको हो ।
उता सुनसरीको इटहरीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । इटहरीमा कर्फ्यूको अवज्ञा गर्दै इटहरीमा प्रदर्शनमा ओर्लिएको समूहले इटहरी–६ स्थित मन्त्री भण्डारीकोक घरमा तोडफोड गरेको हो ।
तोडफोडबाट घरको सिसा फुटेका छन् । घटनाको विस्तृत जानकारी आइसकेको छैन । जिल्ला प्रशासनले इटहरी क्षेत्रमा प्रर्दशन गर्न, भेला हुन र सभा गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको भएपनि त्यसको अवज्ञा भएको छ ।
प्रदर्शनकारीले मन्त्री भण्डारीको घरको सिसा, अगाडीको गेट तोडफोड गरेपछि आगजनीको प्रयास गरेका थिए । तर घरमा अन्य मानिसहरु पनि भाडामा बस्ने भन्दै केही केही प्रदर्शनकारीले नै आगजानी रोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण