वार्ताका लागि प्रतिनिधि टुङ्ग्याउन जेनजीको ढिलाइ
काठमाडौँ । बदलिँदो परिस्थितिअनुसार मुलुकलाई सहज वातावरणमा अवतरणका लागि नेपाली सेनाले जेनजीलाई वार्तामा बोलाएपनि उनीहरूले आन्तरिक छलफलमा सहमतिको प्रयास गरिरहेका छन् ।
बुधवार दिउँसो उनीहरूको तर्फबाट वार्ताका लागि प्रतिनिधि को को जाने, एजेन्डा केके राख्ने जस्ता विषयमा भर्चुअल छलफल गरेका हुन् । उनीहरूको छलफल सुन्दा सुरुमा काठमाडौँ महानगरका मेयर बालेन साहलाई आग्रह गरेपनि उनले ठोस जवाफ दिइनसकेको बुझिएको छ ।
त्यसबाहेक उनीहरूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि उनीहरूले आगामी सरकारको नेतृत्व गरेको चर्चा गरेको बुझिन्छ । तर कार्कीले हुन्छ या हुँदैन भनेर कुनै प्रस्ट जवाफ नदिएको बुझिन्छ । तर उनीहरू सबैको आवाज सुन्दा राजनीतिक पार्टीका व्यक्तिलाई आफ्नो समूहमा नराख्नेमा लगभग सबै सहमत देखिन्छन् ।
उनीहरूले सकेसम्म आन्तरिक छलफल छिटो सकेर वार्तामा बस्न खोजेको भए पनि उनीहरूबिच मुद्दा र नेतृत्वमा सहमति जुटिनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण