कलाकार ओवी रायमाझी भन्छन्– कलाकारले मनोरञ्जन दिने मात्र होइन, सरसफाइमा अभियान पनि थालौँ
सारांश
- कलाकार ओवी रायमाझीले हातेमालो गर्दै सरसफाइ अभियानमा जुट्नुपर्ने धारणा राखेका छन् ।
- उनले दुःखमा परेका परिवारलाई सहयोग गर्न र कलाकारहरूले समाजमा आफ्नो आवाज उठाउनुपर्ने बताए ।
- उनले सरसफाइ र सहयोगको भावनाले देशलाई बलियो बनाउन सकिने विचार व्यक्त गरे ।
काठमाडौँ । कलाकार ओवी रायमाझीले कलाकार सबै हातेमालो अनि सरसफाइ अभियानमा जुट्नुपर्ने धारणा राखेका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो अभियान सुरु गर्नुपर्ने धारणा राखेका हुन् ।
‘आज देश अप्ठ्यारो घडीमा छ । हजारौँ परिवार दुःख–पीडामा छटपटाइरहेका छन् । यस्तो बेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्युजिक भिडियो कलाकार सङ्घ नेपाल, गुल्मी कलाकार सङ्घ नेपाल, बागलुङ कलाकार समाज लगायत कलाकारसँग सम्बन्धित सम्पूर्ण सङ्घ–संस्थाले केवल गीत–सङ्गीत र मञ्चमै होइन, समाजका दुःख–सुखमा पनि आफ्नो आवाज र हातेमालो पुर्याउन जरुरी छ’, उनी अगाडि भन्छन्– ‘कलाकार भनेको केवल मनोरञ्जन दिने माध्यम होइन, कलाकार भनेको देशको आत्मा हो । समाजको प्रतिबिम्ब हो । जब देशमा आँसु बग्छ, कलाकारको आवाज पनि कराउँछ । जब जनता पीडामा हुन्छन् । कलाकारको कला पनि मौन बस्न सक्दैन ।’
उनले सरसफाइमा हात हालेर, सहयोगमा मन थापेर, हामीले देखाउन सक्ने ऐक्यबद्धता नै आज देशलाई चाहिएको सबैभन्दा ठुलो बल भएका धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण