भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न सबै एकताबद्ध हुनुपर्छ : कांग्रेस सहमहामन्त्री उपाध्याय
बिहीबार, २६ भदौ २०८२, १३ : २९
१
सारांश
- महालक्ष्मी उपाध्यायले सहिदको सपना अनुसार भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्नुपर्ने बताइन्।
- उनले देशमा भइरहेका घटनाहरूले आत्मसमिक्षा गर्नुपर्ने बताइन् र संविधानको परिधिभित्र रहेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
- देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति आपत्ति जनाउँदै उनले शान्तिपूर्ण आन्दोलनकारीहरूप्रति दुःख व्यक्त गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सहिदहरूले देखाएको सपनाअनुसार भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न सम्पूर्ण नेपाली एकताबद्ध हुनुपर्ने बताएकी छन् । सहमहामन्त्री उपाध्यायले बिहीबार विज्ञप्ति निकाल्दै देशमा घटिरहेका घटनाहरूले सम्पूर्ण नेपालीलाई आत्मसमिक्षा गर्न बाध्य पारेको उल्लेख गरेकी छन् ।
उनले अब संविधानको परिधिभित्र रहेर अगाडि बढ्नुपर्ने बताएकी छन् । स्वतन्त्रता र जनअधिकारको रक्षा गर्न जेलनेल सहेर सङ्घर्ष गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि गरेको अमानवीय व्यवहारप्रति आपत्ति जनाएकी छन् ।
शान्तिपूर्ण आन्दोलनमा सहभागी भएकामाथि गरिएको गोली प्रहारप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण