काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा महाराजगञ्जमा दीप प्रज्वलन गरिएको छ।
विहीबार साँझ मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनीहरूको योगदानको कदर गर्न सर्वसाधारण भेला भएका थिए। दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले मृतकहरूको तस्बिर राखी मैनबत्ती बालेर मौन धारण गरेका थिए।
उनीहरूले आन्दोलनका क्रममा भएका मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए।
देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा ३३१ जना उपचाररत छन् भने ९४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
_Wq5HsxZQaA.jpg)
_ikSnp1SBKZ.jpg)
_XqFXWTEK88.jpg)
_KHD3bR6Zb2.jpg)
_SgdUbWfHGJ.jpg)
_9OADsL21e5.jpg)
_ZSS2tl4RSC.jpg)
_3gUeOMX6Y2.jpg)
_5bdTaMJoaa.jpg)
_jWFKCB2SlY.jpg)
_iDSvpnoQkh.jpg)
_DLjRI1b8I8.jpg)
_wG5hyDlpgq.jpg)
_sk7s8wiQBU.jpg)
_WQnflQTpSY.jpg)
प्रतिक्रिया