नेपालमा स्थिति सामान्य बन्न थालेसँगै भन्सार नाकामा जाँचपास सुरु
अत्यावश्यक वस्तुहरूको नेपालतर्फको आपूर्ति सहज
काठमाडौँ । नेपाल र भारत सीमामा रोकिएका मालवाहक ट्रकहरूको भन्सार जाँचपास पुनः सुरु भएको छ।
नेपाली भन्सार कार्यालयहरूमा देखिएको सुरक्षा अवस्था र कर्मचारी अभावका कारण केही दिनदेखि अवरुद्ध रहेको जाँचपास प्रक्रिया पुनः सञ्चालनमा आएको हो । योसँगै अत्यावश्यक वस्तुहरूको नेपालतर्फको आपूर्ति सहज भएको छ।
भारतीय पक्षबाट मालवाहक ट्रकको आवागमनमा कुनै प्रतिबन्ध नरहेको र भारतीय भन्सारले निरन्तर जाँचपास सहज बनाउन अनुरोध गरिरहेको अवस्थामा नेपाली भन्सारको ढिलासुस्तीले गर्दा सयौँ ट्रकहरू सीमामा रोकिएका थिए । ती वस्तुहरू आजदेखि सहजताका आधारमा रोकिएका सवारी साधन फेरि जाँचपास फेरि सुरु भएको विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए । यस अनुसार धेरैजसो कार्यालयले जाँचपास थालेको उनको भनाइ छ ।
बिहीबार नेपालका विभिन्न भन्सार बिन्दुहरूमध्ये काकरभिट्टामा ३५ ट्रक, विराटनगर आईसीपीमा ३०० सवारी साधन, वीरगन्ज आईसीपीमा ५० ट्रक, भैरहवामा ३०० ट्रक र नेपालगन्ज आईसीपीमा १४० ट्रक रहेका थिए ।
वीरगन्ज आईसीपीबाट पेट्रोलियम, एलपीजी, औषधि लगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी सुरु भएको छ। यी वस्तुहरूलाई प्रहरी एस्कर्टसहित नेपालका विभिन्न गन्तव्यतर्फ पठाइएको छ। नेपाली भन्सारको पछिल्लो सूचना अनुसार, उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थको ढुवानी पनि चाँडै काफिलेमा सुरु गरिनेछ।
त्यस्तै वीरगन्जबाट ५३ ट्याङ्करसहित ११७ वटा लोड गरिएका सवारी साधनहरू नेपालतर्फ पठाइ सकिएको छ। साथै, आईसीपी वीरगन्जबाट २०० वटा खाली सवारी साधनहरू भारत फर्किएका छन् । भैरहवा र आईसीपी नेपालगन्जमा पनि केही अत्यावश्यक र छिट्टै बिग्रने वस्तुहरूको जाँचपास सुरु गरिएको छ ।
नेपाली अधिकारीहरूले आजदेखि भन्सार जाँचपास प्रक्रिया आंशिक रूपमा बहाल गरेका छन्। भारतीय अधिकारीहरूले आवश्यक पर्ने कुनै पनि सहयोगका लागि नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।
यस पहलले नेपालमा देखिएको अत्यावश्यक वस्तुहरूको अभाव कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण