ताप्लेजुङमा लगाइएको कर्फ्यु जारी
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङसहित आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु शुक्रबार पनि जारी छ । जेनजीको प्रदर्शनपछि देशमा सिर्जित विषम परिस्थितिकाबिचमा हुनसक्ने सम्भावित हुलदङ्गा र अराजक गतिविधि रोक्न तथा शान्ति, सुरक्षा कायम राख्न बुधबारदेखि कर्फ्यु जारी भएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले आज सूचना प्रकाशित गर्दै बेलुका ७ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गर्नुभएको छ । सेढाईंद्वारा जारी सूचनाअनुसार शनिबार बिहान ६ बजेसम्म जिल्लाभर कर्फ्यु लागू हुनेछ ।
पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा सङ्खुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र कर्फ्यु लागू हुने सूचनामा उल्लेख छ ।
कर्फ्युको समयावधिभर कुनै पनि भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउलगायत गतिविधि गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।
कर्फ्युको अवधिमा एम्बुलेन्स, वारुणयन्त्र, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकाकर्मी र कूटनीतिक नियोगका व्यक्तिले भने आवतजावतका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन् ।
उक्त सुविधाका लागि सेवासँग सम्बन्धित परिचयपत्र वा अन्य कागजात हुनुपर्ने प्रजिअ सेढाईंले जानकारी दिए । कर्फ्युको उल्लङ्घन गरेमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय चलचित्र पुरस्कार : नीर शाह र मिरुना उत्कृष्ट कलाकार
-
अर्थ समितिमा गभर्नरमाथि प्रश्नैप्रश्न : तरलता र सस्तो ब्याजदर हुँदा पनि कर्जा किन गएन ?
-
अदालतको फैसलालाई सरकारको हार वा जितका रूपमा बुझ्नु सङ्कुचित मानसिकता हो : मुख्य रजिस्ट्रार पौडेल
-
सुदूरपश्चिममा बजेटको विषयलाई लिएर बबाल
-
सार्वजनिक खरिद ऐनका जटिलता तत्काल हटाउन अध्यादेश ल्याउनु परेको हो: कानुनमन्त्री
-
हामी एक-एक घण्टामा सेयर बजारको इन्डेक्स हेरेर बस्दैनौँ, दूरगामी नीतिमा काम गरिरहेका छौँ: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण