राष्ट्रिय चलचित्र पुरस्कार : नीर शाह र मिरुना उत्कृष्ट कलाकार
सारांश
- राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३ मा विशिष्ट कलाकार नीर शाहले फिल्म ‘परान’ बाट उत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरेका छन् ।
- यसैगरी, मिरुना मगरले फिल्म ‘उनको स्वीटर’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् ।
- सोही कार्यक्रममा ‘उनको स्वीटर’ फिल्मले उत्कृष्ट फिल्मसहित तीन मुख्य विधामा वर्चस्व जमाउँदै निर्देशक नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड समेत प्राप्त गरे ।
काठमाडौँ । विशिष्ट कलाकार नीर शाह उत्कृष्ट अभिनेता घोषित भएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३’ मा शाहले फिल्म ‘परान’ अभिनयबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
सोही कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड मिरुना मगरले जित्न सफल भइन् । फिल्म ‘उनको स्वीटर’ अभिनयका कारण उनले यो अवार्ड प्राप्त गरेकी हुन् । पुरस्कारमा फिल्म ‘उनको स्वीटर’ ले उत्कृष्ट फिल्मसहित तीन मुख्य विधामा वर्चस्व जमाउन सफल भएको छ । यसै फिल्मका निर्देशक नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड समेत प्राप्त गरे ।
‘परान’ फिल्मबाट दीपकप्रसाद आचार्य र यम थापाले उत्कृष्ट लेखकको विधामा बाजी मारे । प्राविधिक विधामा ‘कोशेढुंगा’ ले आफ्नो प्रभाव जमायो । उक्त फिल्मका लागि बाबु श्रेष्ठले उत्कृष्ट छायाङ्कन र नहकुल खड्काले उत्कृष्ट सम्पादनको अवार्ड प्राप्त गरेका थिए । उत्कृष्ट आदिवासी फिल्मको अवार्ड नेपाल भाषाको ‘इन्दिरा धिमे मैचा’ ले जितेको छ ।
विशेष विधा अन्तर्गत ‘रमिताको पिरती’ का लागि आना शर्मा र ‘झरी पछिको इन्द्रेणी’ का लागि विमोचन दवाडीलाई जुरी प्रोत्साहन पुरस्कार प्राप्त गर्दा ज्योति राज राईको निर्माण रहेको ‘नाक्छोङ’ले विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ ।
विभिन्न व्यक्तित्वहरू सम्मानित
पुरस्कार समारोहमा नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको छ । जसमा अभिनेत्री मेनुका प्रधान, लक्ष्मी बर्देवा, एञ्जिला सुब्बा, निर्माता विनोद शेरचन, डा.सिंह गुरुङ (निर्माता/प्रदर्शक), अभिनेता रोहित रुम्बा, निर्देशक अभिनाशविक्रम शाह, चलचित्र प्रदर्शक विष्णुगोपाल श्रेष्ठ, पत्रकार प्रकाश सुवेदी र प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे रहेका छन् ।
साथै, पत्रकारिता क्षेत्रबाट अमूल्य योगदान पुर्याएका स्वर्गीय दिनेश सिटौलालाई नगद ५० हजार रुपैयाँसहित विशेष सम्मान अर्पण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामूहिक आवासका लागि पाँच करोड विनियोजन
-
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
-
कक्षा १२ को नतिजा ४० दिनमा आएको भन्दै शिक्षामन्त्रीले दिए धन्यवाद
-
नेपाल विश्वविद्यालयले स्नातक तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने
-
विश्वकपकै बिचमा मोरोक्कोका कप्तान हाकिमी संकटमा, बलात्कारको मुद्दा खेप्नुपर्ने
-
चिकित्सकको क्षमतामाथि टिप्पणीको विरोध, आत्मालोचना गर्न वीर–ट्रमाका करार चिकित्सकको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण