‘नयाँ युगको सुरुवात’ भन्दै प्रकाश सपुतले लेखे, ‘म पनि एउटा आशाको गीत बनाएर गाउँ कि !’
सारांश
- गायक प्रकाश सपुतले सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकोमा बधाई दिए।
- उनले राजनीतिक परिवर्तन र 'जेनजी' पुस्ताको विद्रोहको प्रशंसा गर्दै नयाँ युगको सुरुवात भएको बताए।
- सपुतले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे र चुनाव गराउन सबैलाई आह्वान गरे।
काठमाडौँ । लोकप्रिय गायक तथा कलाकार प्रकाश सपुतले नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई हार्दिक बधाई दिएका छन्। उनले हालैको राजनीतिक परिवर्तन र ‘जेनजी’ पुस्ताको विद्रोहको प्रशंसा गर्दै यसलाई ‘नयाँ युगको सुरुवात’ भएको बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै सपुतले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भनेका छन्, ‘सबैभन्दा सुन्दर कुरा भनेको ठुलो बलिदानी र प्रक्रियापछि बनेको नयाँ संविधानको पनि संरक्षण भएको छ।"
सपुतले यो परिवर्तन ल्याउने 'जेनजी’ पुस्तालाई धन्यवाद दिँदै उनीहरूको परिपक्वताको प्रशंसा गरेका छन्। उनले भनेका छन्, ‘यो सोच र संयमपूर्वक गरिएको निर्णयका लागि जेनजी अझै परिपक्व देखियो। अघिल्लो सबै पुस्ताको मन र मान राख्यो। बडो मजा आयो।’
यस ऐतिहासिक निर्णयका लागि राष्ट्रपति र सेना प्रमुख पनि धन्यवादका पात्र रहेको उनले उल्लेख गरेका छन्। अन्तमा, प्रकाश सपुतले आम नागरिकलाई आशावादी हुन आग्रह गर्दै भनेका छन्, ‘परिवर्तन एउटा प्रक्रिया हो। यसले समय लिन्छ। आजको भोलि सबै ठिकठाक भइहाल्छ भन्ने छैन।’
उनले यो अन्तरिम सरकारले चुनाव गराउने र सही मान्छे चुन्न निर्णायक भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरेका छन्। उनले सबैलाई आ-आफ्नो काममा फर्किएर सामाजिक सञ्जालमा सकारात्मकता र व्यवहारमा मानवता प्रवर्द्धन गर्न आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘यो अन्तरिम सरकारले चुनाव गराउनेछ र हामीले सही मान्छे चुन्नेछौ । निर्णायक हामी नै हुनेछौ । आशा छ स्टेरिङ सही मान्छेको हातमा सुम्पिने छौ, जसको ड्राइभिङमा नेपाल गुड्नेछ र हामीले चाहेको जस्तो नयाँ नेपाल सम्म पुग्ने छ । त्यसैले अब आसाको गीत गाऔँ । आफूले जे गरिराख्नु भएको छ, त्यसमै लागौँ । सामाजिक सञ्जालमा सकारात्मकता र व्यवहारमा मानवता प्रवर्द्धन गरौँ । सबै आफ्नो लयमा फर्कौँ । म पनि एउटा आशाको गीत बनाएर गाउँ कि है !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण