जितिया व्रतको नहायखायका क्रममा बालिका बेपत्ता
शनिबार, २८ भदौ २०८२, १२ : ४५
सारांश
- रौतहटको गौर नगरपालिकामा १० वर्षीया बालिका जितिया पर्वको स्नान गर्ने क्रममा बेपत्ता भइन्।
- लाल बकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी बालिकाको खोजी कार्य जारी छ।
- प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजी गरिरहेका छन्, तर उनको अवस्था अझै अज्ञात छ।
रौतहट । रौतहटको गौर नगरपालिका–६ की १० वर्षीय अमृता साह जितिया पर्वको नहायखायका लागि नदीमा स्नान गर्ने क्रममा बेपत्ता भएकी छन्।
लाल बकैया नदीमा व्रतालुसँगै नुहाउन गएकी साह अचानक खोलामा डुबेर हराएकी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी कार्य सुरु गरेका छन्। हालसम्म साहको अवस्था पत्ता लाग्न नसकेको र नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन् ।
जितिया पर्वको अवसरमा व्रतालु महिलाहरूले नहायखायका क्रममा नदी तथा तलाउमा सामूहिक स्नान गर्ने परम्परा रहिआएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण