शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

आइतबार, २९ भदौ २०८२, १२ : १७
आइतबार, २९ भदौ २०८२

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराएका छन् ।

 सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् । त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिए । 

‘अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना हालसम्मको रेकर्डअनुसार करिब ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ’, मुख्यसचिव अर्यालको भनाइ छ ।

उनका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप