विद्यालय खुल्ने बित्तिकै परीक्षा नराख्न ध्यानाकर्षण
सारांश
- आन्दोलनपछि विद्यालय खुलेलगत्तै परीक्षाको तालिका सार्वजनिक भएपछि बालबालिकामा त्रास बढेको भन्दै अभियानले ध्यानाकर्षण गराएको छ।
- परीक्षा स्थगित गरी बालबालिकाको मानसिक स्वास्थ्यलाई सामान्य बनाउन अभियानले सह-शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।
- राष्ट्रिय बाल दिवसको अवसरमा अभियानले बालबालिकाको अवस्था र उनीहरूमाथि परेका नकारात्मक असरबारे चिन्ता व्यक्त गरेको छ।
काठमाडौँ । आन्दोलन पछि विद्यालय खुलेलगत्तै परीक्षाको तालिका सार्वजनिक भएपछि बालबालिकामा त्रास र भय बढेको भन्दै बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ ।
अभियानले एक विज्ञप्ति जारी गर्दै हालको परिस्थितिले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको जनाएको छ । परीक्षाको तालिकाले बालबालिकामा त्रास, भय र मानसिक अस्थिरता बढाएकोले कम्तीमा एक हप्ता परीक्षा स्थगित गरी सह–शैक्षिक गतिविधि स्पोर्टस् हप्ता सञ्चालन गर्न अभियानले आग्रह गरेको छ । यसले बालबालिकाको अवस्था सामान्य बनाउन मद्दत पुग्ने अभियानको विश्वास छ ।
राष्ट्रिय बाल दिवसको अवसरमा जारी विज्ञप्तिमा अभियानले दसकौँ बितिसक्दा पनि बालबालिकाले गोली खानुपर्ने र ज्यानको बलिदानी दिनुपर्ने अवस्था विद्यमान रहेको भन्दै बालदिवशको औचित्यमाथि प्रश्न उठाएको छ । साथै, हरेक विपद् र संकटपछिको अवस्थामा बालबालिका थप जोखिममा पर्न सक्ने खतराप्रति सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका बालबालिकाको उपचार र राहतका लागि सहयोग गर्न पनि अभियानले अपिल गरेको छ । बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिए अभियानका सदस्य दिनिशाँ बानिया र कृतिका दाहाललाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण