अपडेट
सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त
आइतबार, २९ भदौ २०८२, १८ : ५२
काठमाडौँ । सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् ।
महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण