सेवा प्रवाहका लागि काठमाडौँ प्रशासनले गर्यो वैकल्पिक व्यवस्था
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सेवा प्रवाहका लागि विभिन्न वैकल्पिक व्यवस्था मिलाइएको जनाएकाे छ ।
आइतबार सूचना जारी गर्दै प्रशासनले असहज परिस्थितिमा कार्यालयबाट प्रवाह हुने सेवाका लागि वैकल्पिक व्यवस्था मिलाइएको जनाएकाे हाे ।
भदौ ६ गते अगाडि राहदानीको लागि फोटो खिचिसकेका सेवाग्राहीले राहदानी लिनका लागि आगामी मंगलबार कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
शान्ति सुरक्षा सम्बन्धी सेवाहरू यस कार्यालयबाट नियमित रूपमा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय परिचयपत्र सम्बन्धी अत्यावश्यक सेवाको लागि नारायणहिटी दरबारमा रहेको सेवा इकाईबाट सेवा लिन भनिएको छ । राहदानी सम्बन्धी अत्यावश्यक सेवाको लागि राहदानी विभाग, त्रिपुरेश्वरबाट सेवा लिन आग्रह गरिएको छ ।
त्यस्तै उल्लिखित सेवा बाहेक अन्य सेवा प्रवाहको लागि भौतिक संरचना, आवश्यक प्रणाली तथा यन्त्र उपकरणको व्यवस्था गरी शीघ्र व्यवस्थापन गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।
सेवा प्रवाहलाई पूर्ववत रूपमा सञ्चालन गर्न अधिकतम प्रयास भइरहेको समेत जारी सूचनामा उल्लेख गरिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
-
धर्मेन्द्रले हेमा मालिनीलाई पठाएको अन्तिम सन्देश के थियो ?
-
तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार
-
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण