राष्ट्रिय टोलीमा आदिलको ‘कम्ब्याक’
सारांश
- आदिल आलम अन्सारी मधेस प्रदेशबाट उदाएका युवा क्रिकेटर हुन्, जो अलराउन्डरको भूमिकामा छन्।
- म्याच फिक्सिङको आरोपमा २ वर्षको प्रतिबन्धपछि उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्दैछन् ।
- उनले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिजबाट पुनरागमन गर्नेछन् र बलिङ तथा ब्याटिङमा योगदान दिनेछन्।
काठमाडौँ । मधेस प्रदेशबाट आफ्नो क्रिकेट यात्रा सुरु गरेका आदिल आलम अन्सारी नेपालका उदीयमान र प्रतिभावान् युवा क्रिकेट खेलाडी हुन् । उनी मुख्य रूपमा अलराउन्डरको भूमिकामा चर्चित छन् ।
हेलिकोप्टर सटका लागि चिनिने आदिलले दुई वर्ष पछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाएका छन् । नेपालमा आयोजना भएको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा म्याच फिक्सिङको आरोप लागेर उनी २ वर्षसम्म प्रतिबन्धमा परेका थिए ।
आरोप झुटो निस्केपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्लिन चिट दिएको थियो । त्यसपछि उनले नेपाल ए टिम हुँदै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए ।
आदिलले अब वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी सिरिजबाट आफ्नो राष्ट्रिय टोलीमा पुनरागमन गर्नेछन् । सन् २००२ मा बारा जिल्लाको कलैयामा जन्मिएका आदिलले आफ्नो क्रिकेट करियरको सुरुवात प्रदेश स्टारबाट गरेका थिए । उनको मुख्य विशेषता दायाँ ‘राइट आर्म मिडियम’ बलिङ र तल्लो क्रममा विस्फोटक ब्याटिङ हो ।
उनी घरेलु क्रिकेटमा मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कपमा गरेको प्रदर्शनबाट उनी राष्ट्रिय टोलीको ढोका खोल्न सफल भएका थिए । आलमले नेपाली टोलीका लागि बलिङ र ब्याटिङ दुवै क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने खेलाडी हुन् ।
आदिलले घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टोलीमा मौका दिइयो । आदिलले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०२२ मा भएको क्यानडाविरुद्धको सिरिजमा गरेका थिए ।
एकदिवसीय क्रिकेटमा भने उनले सन् २०२२ मा ओमानमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध डेब्यू गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण