समाचार
वेस्ट इन्डिजविरुद्धको शृङ्खलाका लागि १६ सदस्यीय टोली घोषणा
सोमबार, ३० भदौ २०८२, ११ : ३३
काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिच हुने टी-२० शृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यानले) रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
यही सेप्टेम्बर २७ देखि ३० सम्म शारजाह क्रिकेट रंगशालामा हुने तीन वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको नाम ‘युनिटी कप’ राखिएको छ ।
क्यानले हालै नेपालमा जेनजी आन्दोलन पछि देशको एकतालाई महत्त्व दिँदै उक्त नाम राखिएको बताएको छ ।
नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।
यस्तो छ नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, मो. आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करन केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शहाब आलम ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण