तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा रास्वपाका २ वडा सभापति निलम्बित
सोमबार, ३० भदौ २०८२, १४ : ४०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा संलग्न दुई वडा सभापतिलाई कारबाही गरेको छ।
- गण्डकीका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले विज्ञप्ति मार्फत निलम्बनको जानकारी गराएका हुन्।
- रास्वपाले कास्की र पोखराका वडा सभापतिहरूलाई तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा निलम्बन गरेको छ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको भन्दै दुई वडा सभापतिलाई कारबाही गरेको छ ।
गण्डकीका अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले विज्ञप्ति मार्फत निलम्बनको जानकारी गराएका हुन् । रास्वपाका कास्कीस्थित मादी-६ का वडा सभापति भोजराज पौडेल र पोखरा-१० का सभापति चन्द्रबहादुर थापालाई निलम्बन गरिएको केसीले बताए ।
उनीहरुले गरेको गलत गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै अर्को निर्णय नहुन्जेल निलम्बन गरेको रास्वपा गण्डकीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण