सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सोमबार, ३० भदौ २०८२, १७ : ३३
सोमबार, ३० भदौ २०८२

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको हो । गत सोमबार र मङ्गलबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका कारण केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । 

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ,अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्याल छन् ।

बैठकले सरकारका कामकारबाहीबारे आवश्यक निर्णय गर्न सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप