भाटभटेनीले भन्यो– ‘बौद्ध शाखामा मृत भेटिएका ६ जना हाम्रा कर्मचारी होइनन्’
सोमबार, ३० भदौ २०८२, १७ : ४३
सारांश
- काठमाडौंको भाटभटेनी सुपर स्टोरमा मृत फेला परेका ६ जना कर्मचारी नभएको पुष्टि भएको छ।
- भाटभटेनी सुपर मार्केटले विज्ञप्ति जारी गर्दै मृतकहरू आफ्ना कर्मचारी नभएको जनाएको छ।
- शवको पहिचान र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा मृत भेटिएका ६ जना त्यहाँका कर्मचारी नभएको पुष्टि भएको छ । भाटभटेनी सुपर मार्केट एन्ड डिपोर्टमेन्टस स्टोरकी शाखा प्रबन्धक कमला दाहालले विज्ञप्ति प्रकाशन गरेर मृत व्यक्तिहरू आफ्ना कर्मचारी तथा कामदार नभएको बताएकी छन् ।
भदौ २९ मा भाटभटेनीको बौद्ध शाखामा ६ जनाको शव पूर्णरुपमा जलेको अवस्थामा भेटिएको थियो । भाटभटेनीमा भेटिएका मानव कङ्काल पहिचान र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण