कास्की प्रशासन खुल्यो, दुईवटा कोठाबाट सेवा सुरु
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले दुईवटा कार्यकक्षबाट सेवा दिन सुरु गरेको छ । जेनजी आन्दोलनका नाममा भएको आगजनीका कारण कार्यालयको मुख्य भवन र सम्पूर्ण कागजात नष्ट भएको छ ।
परिसरभित्रको दुईकोठे भवनलाई व्यवस्थापन गरेर कार्यालयले सोमबारदेखि सेवा दिन सुरु गरेको हो ।
शान्तिसुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरू सम्बन्धी सेवा सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । कार्यालयका अन्य कक्षहरू मर्मत सम्भार गर्ने क्रममा भएकाले क्रमिक रूपमा सेवा विस्तार गर्दै लगिने उनको भनाइ छ ।
जेनजी प्रदर्शनका क्रममा घुसपैठ गरी विभिन्न व्यक्तिहरुले प्रशासन कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रशासनले जनाएको छ । यसअघि नै सूचना जारी गरी अवाञ्चित गतिविधिमा संलग्नहरुको फोटो र भिडियो प्रमाणका रुपमा प्रशासन र प्रहरीलाई बुझाउन अपिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण