मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

करिब १ सय ५० किलो गाँजा सहित ट्रक चालक पक्राउ

मङ्गलबार, ३१ भदौ २०८२, ११ : ४३
मङ्गलबार, ३१ भदौ २०८२

मकवानपुर । भीमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४१ वर्षीय वीर बहादुर तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा.२ ख ३२१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक वीर बहादुरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप