पार्टी कार्यालय पुगे प्रचण्ड
मङ्गलबार, ३१ भदौ २०८२, १२ : ०३
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी कार्यालयमा आगजनीबाट भएको क्षतिको अवलोकनका लागि पेरिसडाँडा पुगेका छन्।
- प्रचण्ड मंगलबार पार्टी काममा फर्किएका छन्, जेनजी आन्दोलनपछि उनी नेपाली सेनाको सुरक्षामा थिए।
- भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोकनका लागि पेरिसडाँडा पुगेका छन्। उनी मंगलबार मध्याह्न पार्टी कार्यालय पुगेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आजैदेखि पार्टी काममा फर्किएका छन् ।
भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।
तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । अहिले स्थिति सामान्य बन्न थालेसँगै उनी पार्टी काममा फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण