आजदेखि मनकामना केबलकार सञ्चालन
बुधबार, ०१ असोज २०८२, १७ : ३०
सारांश
- मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सुरु गरेको छ।
- गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनपछि सेवा बन्द भएको थियो।
- केबलकार मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको हो, जसले दर्शनार्थीलाई सहजता प्रदान गर्दछ।
मुग्लिन । मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्ज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।
सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामना माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो । यस केबलकारको प्रवेशद्वार (बटम स्टेसन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण