सेयर बजार
नेप्सेमा दोस्रो नकरात्मक सर्किट ब्रेक
बिहीबार, ०२ असोज २०८२, ११ : ४३
सारांश
- जेनजी प्रदर्शनपछि खुलेको नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लाग्यो।
- पहिलो सर्किट ब्रेक २० मिनेटको लागि स्थगित भएपछि फेरि ५ प्रतिशत घटेर दोस्रो ब्रेक लाग्यो।
- दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३.६१ अङ्कले घटेर २५३८.६३ विन्दुमा पुग्यो।
काठमाडौँ । विध्वंसात्मक जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचकमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः दोस्रो सर्किट ब्रेक लागेको हो ।
दोस्रो सर्किट ब्रेक लागेसँगै नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको छ ।
नेप्से दोस्रो सर्किट ब्रेक लागेसँग १३३.६१ अङ्कले घटेर नेप्से परिसूचक २५३८.६३ विन्दुमा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण