आजदेखि सुरु भयो वाणिज्य विभागको बजार अनुगमन
बिहीबार, ०२ असोज २०८२, १७ : ४५
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन सुचारु गरेको छ । हालै जेनजीको आन्दोलनका कारण रोकिएको अनुगमन बिहीबारदेखि पुन सुरु भएको हो ।
विभागले बिहीबारदेखि बजार अनुगमनलाई तीव्रता दिइएको जनाएको छ । आज १५ वटा व्यवसायिक फर्म तथा उद्योगमा अनुगमन गरेको थियो । यसमध्ये मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराख्ने महाबौद्धस्थित एयु श्रृङगार कलेक्सनलाई ५१ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
यसैगरी दुई वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन र ११ वटा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
साथै अहिले चाडपर्वलाई लक्षित गरी खाद्यान्न, लत्ताकपडा, कस्मेटिक, गरगहना, माछा मासुजन्य पसलहरूमा बजार अनुगमन थालिएको विभागले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण