कांग्रेसले तत्काल कसैलाई कार्यवाहक नदिने, विशेष महाधिवेशन पनि नगर्ने
सारांश
- नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने निर्णय गरेको छ।
- पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने निर्णय कार्यसम्पादन समिति बैठकले गरेको छ।
- सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सामान्य भएपछि केन्द्रीय समिति बैठक बोलाइनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले तत्काल कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
‘तत्काललाई कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने निर्णय कार्यसम्पादन समिति बैठकले गरेको छ,’ सहमहामन्त्री यादवले रातोपाटीसँग भने ।
यी विषयमा सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि केन्द्रीय समिति बैठक बोलाउने र त्यही बैठकमा छलफल गर्ने निर्णय भएको सहमहामन्त्री यादवले बताए ।
सभापति देउवा जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नो निवास बुढानीलकण्ठमा कुटिएका थिए । उनी अहिले उपचार गराइरहेका छन् । ‘सबै विषयमा सभापति स्वस्थ भएपछि कुराकानी हुन्छ । उहाँ (देउवा) स्वस्थ भएपछि केन्द्रीय समिति बोलाउने र त्यसैमा छलफल गर्ने बैठकमा कुराकानी भएको छ,’ सहमहामन्त्री यादवले भने, ‘केन्द्रीय समिति बैठक दसैँ तिहारपछि बोलाउने निर्णय भएको छ ।’
बैठकले सभापति देउवा दम्पतीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण