बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

कांग्रेसले आइतबार क्षतिको विवरण सार्वजनिक गर्ने, साेही दिनदेखि सरसफाइ गर्ने

शुक्रबार, ०३ असोज २०८२, १५ : ३९
शुक्रबार, ०३ असोज २०८२

काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण आगामी आइतबार(असोज ५) सार्वजनिक गर्ने भएको छ । 

नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गरिने र सोही दिनको दिउँसो १ बजेदेखि पार्टी कार्यालय सरसफाइ गरिने छ । 

सामूहिक सरसफाइ कार्यमा सहभागी हुन पार्टीले आग्रह समेत गरेको छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध काठमाडौँ लगायत देशभर आन्दोलन गरेका थिए । त्यसक्रममा सार्वजनिक तथा निजी सम्पत्ति,पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएको थियो ।  

550757061_1123052456440879_3311486745477360383_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप