लोकतान्त्रिक खेलकुद सङ्घले दीप प्रज्वलन गरेर मनायो संविधान दिवस
काठमाडौँ ।नेपाली कांग्रेसको कान्छो भ्रातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले संविधान दिवस मनाएको छ । पार्टीको निर्देशन अनुसार देशभर विभिन्न कार्यक्रम गरी सङ्घले यो दिवस मनाएको हो ।
देशका अधिकांश ठाउँमा दीप प्रज्वलन गरिएको सङ्घका महासचिव दीपक गुरुङले जानकारी दिए । संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको थियो ।
यो १० वर्षको अवधिमा संविधान संशोधनको आवश्यकता महसुस गरिएको देशभर आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । काठमाडौँको नागपोखरीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले संविधानले अहिले पनि सबैका भावना समेट्नका लागि संशोधन आवश्यक रहेको बताए ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट देशमा क्षति पुगेको भन्दै युवाहरूले सार्वजनिक सम्पत्ति नष्ट गर्ने कुरा आफूले कल्पना पनि नगरेको बताउँदै उक्त घटनाको छानबिन हुनु पर्नेमा जोड दिए ।
नयाँ सरकारले संविधान जोगाउँदै आगामी फागुन २१ गते तोकेको निर्वाचनका लागि नेपाली कांग्रेस तयार रहेको पनि बताए । विगतका तिता कुराहरू बिर्सिएर एक भएर चुनावमा जाँदा कांग्रेस फेरि पनि पहिलो र ठुलो शक्ति बन्न कसैले नरोक्ने भन्दै देशलाई निकास दिनका लागि नेपाली कांग्रेस नै आवश्यक पर्ने बताए ।
यसैगरी केन्द्रीय सदस्य राधा घलेले जेनजी आन्दोलनमा घुसपैठ भएको बताउँदै त्यसको छानबिन गर्न माग गरिन् । त्यस्तै, राजु श्रेष्ठ, लोकतान्त्रिक खेलकुद सङ्घका महासचिव दीपक गुरुङले पनि धारणा राखेका थिए । सो अवसरमा दीप प्रज्वलन गर्नुका साथै सम्पूर्ण शहीदप्रति एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
उता, लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले पोखरामा आयोजित कार्यक्रमलाई संशोधन गर्दै संविधानले सबै क्षेत्रलाई समेटेको बताउँदै अब हुने निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो शक्ति बनाउने अभियानमा सबै युवा र खेलाडीहरू लाग्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण