अपडेट
विभिन्न स्थानका ७ सडक अवरुद्ध, कुन–कुन एकतर्फी ? (सूचीसहित)
शनिबार, ०४ असोज २०८२, ०९ : ४९
सारांश
- नेपाल प्रहरीका अनुसार देशका विभिन्न ७ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन्।
- संखुवासभा, उदयपुर, रसुवा, सिन्धुपाल्चोक र चितवनमा सडक अवरुद्ध भएको छ।
- ७ स्थानमा सडक एकतर्फी मात्रै खुलेको छ, जसले यातायातमा समस्या पारेको छ।
काठमाडौँ । नेपाल प्रहरीले विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार ७ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने ७ स्थानमा एकतर्फी रहेको छ ।
प्रहरीका अनुसार संखुवासभामा भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ मा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।
यस्तै उदयपुरको कटारी–८ मा सिद्धिचरण राजमार्गपनि पूर्णरुपमा अवरुद्ध बनेको छ भने रसुवाको गोसाइँकुण्ड–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्णरुपमा अवरुद्ध छ ।
यस्तै यस्तै सिन्धुपाल्चोकको दुई स्थान र चितवनको एक स्थानमा समेत क्रमशः अरनिको र नारायणगढ–मुग्लिङ सडक खण्ड पूर्णरुपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
-
‘कमेडी च्याम्पियन’मा देखिँदै जितु नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण