आक्रमणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ: नेता गैरे
सारांश
- एमाले नेता ठाकुर गैरेले जेन-जी आन्दोलनको छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन्।
- उनले लोकतान्त्रिक प्रणालीमा दलहरूको भूमिका महत्त्वपूर्ण रहेको र कमजोरी सुधार्नुपर्ने बताए।
- गैरेले जेन-जी पुस्ताका मागबारे छलफल गर्नुपर्ने र लोकतन्त्रलाई बलियो बनाउन जोड दिए।
काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उनले दलहरूले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिए ।
राजनीतिक दलहरूले आत्म मूल्याङ्कन गर्दै सुदृढ भएर जनतामाझ जानुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ । उनले जेनजी पुस्ताका मागहरू सम्बोधन गर्नको लागि जेनजीका अगुवाहरूलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने बताए ।
उनले लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण