ओली सरकारको हठ आन्दोलनको मुख्य कारण बन्यो : माओवादी नेता पोखरेल
सारांश
- माओवादी नेता लीलामणि पोखरेलले ओली सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई जेनजी आन्दोलनको कारण मानेका छन्।
- उनले भ्रष्टाचार, बेरोजगारी र परिवारवादका कारण युवाहरूमा निराशा बढेको बताए, जसले गर्दा आन्दोलन भएको उनको भनाइ छ।
- पोखरेलले संवैधानिक निकायमा गलत नियुक्ति र वैदेशिक शक्तिहरूको घुसपैठको समेत आशंका व्यक्त गरे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको हठ र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध जेनजी आन्दोलनको मुख्य कारण भएको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । विद्यमान शासन प्रणालीभित्र बढ्दै गएको अनियमितता, भ्रष्टाचार र बेरोजगारीले युवामाझ नैराश्य बढेकोमा सरकारको नेतृत्वमा रहनेहरू परिवारवादमा लिप्त हुँदा युवाहरू आन्दोलित भएको उनको भनाइ छ ।
उनले संवैधानिक आयोग तथा राज्यका निकायहरूमा प्रतिस्पर्धा र क्षमताका आधारमा नियुक्ति गर्नुपर्नेमा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिका कारण जनतामा व्याप्त आक्रोश रहेको बताए । साथै जेनजी पुस्ताको आन्दोलनमा व्यवस्था विरोधी तथा वैदेशिक शक्तिहरूले घुसपैठ गरेको समेत उनले आशङ्का गरे ।
उनले मुलुक राजनीतिक शून्यतामा रहेको उल्लेख गर्दै पार्टी सङ्गठनलाई बलियो बनाएर जनतामा जान पार्टी दृढ रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण