एकता र सहकार्यका लागि अशोक र रिजवानबिच भेटवार्ता
सारांश
- शनिबार जसपा अध्यक्ष अशोक राई र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीबीच भेटवार्ता भयो।
- भेटमा राजनीतिक अवस्था, जेनजी आन्दोलन र निर्वाचनबारे छलफल भयो, साथै कार्यगत एकता र पार्टी एकताको विषयमा कुराकानी भयो।
- दुवै नेताले देशलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थातर्फ लैजाने साझा प्रतिवद्धता व्यक्त गरे।
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी बिच शनिवार भेटवार्ता भएको छ ।
भेटमा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेनजी आन्दोलनको समीक्षा र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद् विघटन, निर्वाचनलगायतको विषयमा कुराकानी भएको अध्यक्ष रिजवान अन्सारीले बताए । जेनजी आन्दोलनले उठाएका मागको सम्बोधन गर्न संवैधानिक मार्ग र भविष्यको राजनीतिक स्थिरताबारे समेत छलफल भएको उनले बताए ।
दुई पार्टीबिच कार्यगत एकता सहकार्यका छलफल गर्दै जाने कुराकानी समेत भएको बताउँदै उनले पहिला कार्यगत एकता वा मोर्चाबन्दी गर्ने र त्यसपछि पार्टी एकताकै लागि अगाडि बढ्ने कुराकानी भएको उनले बताए । उनले देशलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने दुई दलबिचमा साझा अठोट समेत व्यक्त गरिएको बताए ।
जसपाका अध्यक्ष अशोक राई र अध्यक्ष अन्सारीले एमालेबाट एक साथ विद्रोह गरेर संघीय समाजवादी पार्टी बनाएका थिए । पछि अशोक राईले उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालसँग एकीकरण गरेका थिए ।
त्यसपछि अन्सारीले त्यहाँबाट अलग भएर नेपाल संघीय समाजवादी पार्टी बनाए । अब पुनः दुवैले एकताका लागि गृहकार्य सुरु गरेको एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण