राष्ट्रपतिले आँट गरेर संविधान जोगाएका हुन् : सिपी मैनाली
आइतबार, ०५ असोज २०८२, १७ : ५०
काठमाडौँ । नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रपति रामचन्द्र पौडेलले आँट गरेर मात्रै संविधान जोगिएको बताएका छन् ।
पश्चिमा र अन्य शक्तिहरूले नचाहँदा नचाहँदै आफूमा अन्तर्निहित अधिकारको प्रयोग गरेर संविधान जोगाउने आँट गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंसा समेत गरे ।
प्रगतिशील लेखक सङ्घ, नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव मैनालीले निर्वाचन हुनका लागि राजनीतिक दलहरूले संसद् पुनःस्थापनाको माग राखेर आन्दोलन गर्न नहुने पनि बताए ।
उनले जेनजी पुस्ताले आफूहरूको माग पूरा गराउनका लागि दबाब दिएपनि मुलुकमा चुनाव हुन नसक्ने अवस्था आउने जिकिर गरे ।
महासचिव मैनालीले नेपालमा संविधान मास्नका लागि बाह्य शक्तिहरूले चलखेल गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण