एसिया कप
पाकिस्तानद्वारा भारतलाई जितका लागि १७२ रनको लक्ष्य
आइतबार, ०५ असोज २०८२, २२ : १५
सारांश
- एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
- पाकिस्तानका साहिबजादा फरहानले ५८ रनको अर्धशतकीय पारी खेले।
- भारतका लागि शिभम दुवेले दुई विकेट लिए।
काठमाडौँ। एसीसी एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई जितका लागि १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनायो ।
पाकिस्तानका लागि साहिबजादा फरहानले ५८ रनको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सायम अैउब र मोहमद नवाजले २१–२१ रनको योगदान गरे ।
भारतका लागि शिभम दुवेले दुई विकेट लिँदा कुलदीप यादव र हार्दिक पाड्याले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुवै टोली सुपर चारमा आफूलाई बलियो बनाउने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: स्मार्टफोनबाट पूर्व सूचना आएको प्रयोगकर्ताको दाबी
-
जीप दुर्घटनामा ८ जना घाइते
-
सडक स्तरोन्नति गर्न सहमति
-
शून्यतासँगको साक्षात्कार: भोटेकोसी बन्जीको अविस्मरणीय अनुभव
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण