भारतसँग पाकिस्तान पराजित
सारांश
- एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर्यो।
- दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले १७२ रनको लक्ष्य १८ ओभरमा पूरा गर्यो।
- अभिषेक शर्माले ७४ रन बनाए भने पाकिस्तानका साहिबजादा फरहानले ५८ रन बनाए।
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा पाकिस्तान भारतसँग दोस्रो पटक पराजित भएको छ ।
आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले जितका लागि दिएको १७२ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि अभिषेक शर्माले ७४ रनको अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै शुभमन गिलले ४७ रन बनाउँदा तिलक बर्माले ३० रन र सन्जु श्यामसन १३ रनको योगदान गरे ।
पाकिस्तानका लागि बलिङतर्फ हरिस राउफले दुई विकेट लिँदा अब्रार अहमद र फहम अस्रापले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
पाकिस्तानका लागि साहिबजादा फरहानले ५८ रनको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सायम अैउब र मोहमद नवाजले २१–२१ रनको योगदान गरे ।
भारतका लागि शिभम दुवेले दुई विकेट लिँदा कुलदीप यादव र हार्दिक पाड्याले एक एक विकेट लिए ।
भारतले पाकिस्तानमाथि एसिया कपमा दोस्रो पटक जित निकालेको हो । भारतले समूह चरण र सुपर चारमा जित निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण