आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु

सोमबार, ०६ असोज २०८२, १९ : ५४
सोमबार, ०६ असोज २०८२

पोखरा । पोखराको प्रमुख शक्तिपीठ विन्ध्यावासिनीमा नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनाका दिनदेखि हरेक वर्ष महोत्सव आयोजना गर्दै आएको छ ।

नवरात्री भरी चल्ने महोत्सवमा विधि अनुसार पुजाअर्चना सहित विभिन्न कार्यक्रम हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ पनि गरिएको छ । महोत्सव अवधिभर बिहान ९ बजेदेखि मध्यान्न १२ बजेसम्म महायज्ञ सञ्चालन हुनेछ । 

यस्तै सतचण्डी महानुष्ठान र भजनकीर्तन पनि हरेक दिन हुनेछ । समितिले २०६४ सालदेखि विध्यवासिनी नवदुर्गा महोत्सवको आयोजना गरिएको हो ।

देशको विषम परिस्थितिका कारण यसअघि हुँदै आएको शोभायात्रा भने यो वर्ष आयोजना नगरिएको समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप