न्यूयोर्कमा जयशंकर–रुबियो भेट : ‘भारतसँगको सम्बन्ध अमेरिकाका लागि अत्यन्तै महत्त्वपूर्ण’
सारांश
- भारतीय विदेशमन्त्री एस. जयशंकर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच न्यूयोर्कमा भेटवार्ता भयो।
- दुवै देशका विदेशमन्त्रीहरूले क्वाडमार्फत सहयोग बढाउँदै इन्डो-प्यासिफिक क्षेत्र प्रवर्द्धन गर्ने सहमति जनाए।
- अमेरिकी विदेशमन्त्रीले भारतसँगको सम्बन्धलाई अमेरिकाका लागि महत्त्वपूर्ण रहेको बताए।
न्यूयोर्क । भारतीय विदेशमन्त्री एस. जयशंकर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच न्यूयोर्कमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिनुअघि सोमबार भएको उक्त भेटबारे अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिअनुसार दुवै देशका विदेशमन्त्रीहरूले क्वाडमार्फत सहयोगलाई अघि बढाउँदै स्वतन्त्र र खुला इन्डो–प्यासिफिक क्षेत्र प्रवर्द्धन गर्न मिलेर काम गर्ने सहमति जनाएका छन्। अमेरिकी विदेशमन्त्री रुबियोले भारतसँगको सम्बन्धलाई अमेरिकाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका छन्।
उनले व्यापार, रक्षा, ऊर्जा, औषधि, महत्वपूर्ण खनिज र अन्य द्विपक्षीय क्षेत्रमा भारत सरकारको निरन्तर सहयोगप्रति कृतज्ञता प्रकट गरेका छन्।
सो भेटपछि सामाजिक सञ्जालमार्फत जयशंकरले पनि बैठकका तस्बिर सार्वजनिक गर्दै हालका विभिन्न द्विपक्षीय र अन्तर्राष्ट्रिय विषयमा विस्तृत छलफल भएको जानकारी दिएका छन्।
उनले प्राथमिकताका क्षेत्रमा प्रगतिलाई अगाडि बढाउन निरन्तर सहकार्यमा सहमति भएको उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण