चर्चित गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ पुनः रेकर्ड
मङ्गलबार, ०७ असोज २०८२, १२ : १५
सारांश
- स्वर्गीय गायक कृष्णविक्रम थापाको चर्चित गीत 'सिन्धुली गढी घुमेर हेर्दा' पुन: रेकर्ड गरिएको छ।
- गायक थापाकै जेठो छोरा राजु थापाले आफ्नो स्वरमा गीत रेकर्ड गरेका हुन्।
- सिन्धुली जिल्लाको सेरोफेरोमा छायाङ्कन गरिएको गीतको भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्कीको अभिनय रहेको छ।
काठमाडौँ । स्वर्गीय गायक कृष्णविक्रम थापाको चर्चित गीत ‘सिन्धुली गढी घुमेर हेर्दा पुन: रेकर्ड गरिएको छ । थापाले विसं २०३६ सालमा रेडियो नेपालमा रेकर्ड गरेर प्रथम पुरस्कार समेत जित्न सफल गीत अहिले गायक थापाकै जेठो छोरा राजु थापाले आफ्नो स्वरमा रेकर्ड गरेका हुन् ।
गीतमा शब्द तथा संगीत समेत स्व. थापाको रहेको छ । गीतको भिडियो पनि बनेको छ । सिन्धुलीको सान बोकेको गीतको छायाङ्कन सिन्धुली जिल्लाकै सेरोफेरोमा भएको छ ।
भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्कीको अभिनय देख्न सकिन्छ । पवन केसी, सत्यदेवी पवित्रा रम्तेल र काजी थापाको पनि अभिनय रहेको गीतको भिडियो वासु बरालले छायाङ्कन गरेका हुन् । भिडियो क्रान्ति केसीले निर्देशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण