जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आयो
सारांश
- जनकपुर भन्सार कार्यालय जेनजी आन्दोलनका कारण क्षतिपछि पूर्णरुपमा सञ्चालनमा आएको छ।
- भदौ २३ र २४ गतेको प्रदर्शनका कारण भन्सारका काम ठप्प भएका थिए।
- कार्यालयमा १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो।
धनुषा। हालैको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको जनकपुर भन्सार कार्यालय अहिले पूर्णरुपमा सञ्चालनमा आएको छ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण भन्सार कार्यालयका सम्पूर्ण काम ठप्प भएका थिए। जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाका अनुसार कार्यालय मातहत रहेका छोटी भन्सार कार्यालयहरू (भडरिया, इनरुवा र जटही) बाट भन्सार जाँचपास यसअघि नै सुरु भइसकेको थियो भने असोज ५ गतेबाट मुद्दाका कामहरू पनि सुरु गरिएको छ।
सूचना अधिकारी अवाका अनुसार, जेनजी प्रदर्शनका क्रममा कार्यालयमा करिब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो। जनकपुरधामको रेल्वे स्टेसन नजिक रहेको कार्यालयका दुई भवन, कर्मचारी निवास र सवारीसाधनमा आगजनी तथा तोडफोड भएको थियो।
भदौ २४ गते भएको आगजनीबाट दुई थान भ्यान, लिलामीका लागि राखिएका ३१५ वटा मोटरसाइकल, एउटा निजी ट्रक, फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामग्रीहरू नष्ट भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण