दसैँ मौसम
दसैँमा घर जाँदै हुनुहुन्छ ? यस्तो रहनेछ आगामी ३ दिनको मौसम
मङ्गलबार, ०७ असोज २०८२, १४ : १७
सारांश
- दसैँमा घर फर्किने यात्रुको संख्या बढ्दा मनसुन सक्रियताले वर्षा र पहिरोको जोखिम छ।
- मौसम विभागका अनुसार आगामी तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, तर केही स्थानमा भारी वर्षा पनि हुनसक्छ।
- विभागले यात्रा योजना बनाउनुअघि मौसमको जानकारी लिन र सावधानी अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ। दसैँको चहलपहलसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या निकै बढेको छ। तर, मनसुनको सक्रियता कायमै रहेकाले वर्षा र पहिरोका कारण यात्रामा ढिलाइ वा अवरोध आउन सक्ने सम्भावना छ।
यस्तो अवस्थामा यात्रुहरूलाई सहज यात्राका लागि पूर्वजानकारी आवश्यक पर्ने हुँदा रातोपाटीले जल तथा मौसम विज्ञान विभागसँग आगामी तीन दिनको मौसमबारे जानकारी लिएको छ। विभागका अनुसार, तत्कालका लागि तीन दिनसम्मको मात्र पूर्वानुमान विश्वसनीय हुने र दसैँका लागि विशेष बुलेटिन पछि निकालिनेछ।
आगामी तीन दिनको मौसम पूर्वानुमान:
- आज दिउँसो (मंगलबार): देशभर भारी वर्षाको सम्भावना कम छ। कोशी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ। तराईका एक-दुई स्थानमा भने मध्यम वर्षाको सम्भावना छ। यद्यपि, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
- बुधबार : कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा हुनेछ। यस्तै, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाको सन्दर्भमा भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
- बिहीबार : यस दिन भारी वर्षाको सम्भावना निकै कम छ। अधिकांश स्थानहरूमा मध्यम वर्षा मात्रै हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसम विज्ञान विभागले यात्रामा निस्कनुअघि यात्रुहरूलाई मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर मात्रै यात्रा योजना बनाउन र पहिरो तथा बाटो अवरोधको सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण