भारतको सीतामढीमा बैंकका कर्मचारीमाथि गोली प्रहार, रकम लुटियो
सारांश
- रौतहटसँग सीमा जोडिएको भारतको बिहारस्थित सीतामढीमा बैंक कर्मचारीलाई गोली हानी रकम लुटियो।
- बैरगनिया बजारमा 'बंधन को-अपरेटिभ बैंक'का कर्मचारी श्रवणकुमार रायमाथि गोली प्रहार भयो।
- मोटरसाइकलमा आएका नकाबधारी लुटेराहरूले रकम लुटेर फरार भए, प्रहरीले अनुसन्धान गरिरहेको छ।
रौतहट । रौतहटसँग सीमा जोडिएको भारतको बिहारस्थित सीतामढी जिल्लाको बैरगनिया बजारमा मंगलबार एक बैंकका कर्मचारीमाथि दिनदहाडै गोली प्रहार गरी रकम लुटिएको छ। बाजबटी थाना क्षेत्रका ३० वर्षीय श्रवणकुमार रायमाथि यो आक्रमण भएको हो।
उनी ‘बंधन को-अपरेटिभ बैंक’का कर्मचारी हुन्। महिला समूहबाट किस्ताको रकम संकलन गरेर फर्कँदै गर्दा बैरगनिया थाना क्षेत्रको पचटकी यदु पञ्चायत नजिकै सुनसान ठाउँमा मोटरसाइकलमा आएका नकाबधारी लुटेराहरूले उनको ब्याग खोस्ने प्रयास गरे। सोही क्रममा उनीहरूले श्रवणको काँधमा गोली हानेर रकम लुटी फरार भएका हुन्।
गोलीको आवाज सुनेर स्थानीय मानिस घटनास्थलमा पुगे पनि लुटेराहरू भागिसकेका थिए। गोली लागेर घाइते भएका श्रवणलाई बैरगनिया सामुदायिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि सीतामढी सदर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै बैरगनिया थानाका प्रहरी निरीक्षक कुमोदकुमार सिंह र बलराम प्रसादको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण