तुइन खोलाको विशाल पहिरो १४ सय घनमिटरको रहेको अनुमान
सारांश
- मुग्लिन-नारायणगढ सडक खण्डको तुइन खोलामा १२ सय देखि १४ सय घनमिटरको पहिरो गएको अनुमान गरिएको छ।
- सडक डिभिजनका अनुसार पहिरो पन्छाउने काम भोलि दिउँसोसम्म मात्रै सञ्चालनमा आउने अनुमान छ।
- पहिरो पन्छाउनका लागि विभागका उपकरणहरूले काम गरिरहेका छन्, र यात्रुहरूलाई धैर्य गर्न अनुरोध गरिएको छ।
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा खसेको विशाल पहिरो १२ सय देखि १४ सय घनमिटर भएको अनुमान गरिएको छ ।
सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार, पहिरो पन्छाउने कार्य जारी रहे पनि सडक भोलि (असोज ९ गते) दिउँसोसम्म मात्रै सञ्चालनमा आउने अनुमान गरिएको छ ।
सडक डिभिजनका अनुसार, आज बिहान ६ बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोको परिमाण निकै ठुलो (१२ सय देखि १४ सय घनमिटर) रहेको हुँदा सडक खुलाउन समय लाग्ने जनाएको छ । माथिबाट थप ठुलो पहिरोको सम्भावना कम रहेको भएतापनि, झर्न बाँकी रहेका साना तथा मझौला स्तरका ढुंगाहरू खस्न सक्ने सम्भावना कायमै रहेको सडक डिभिजनले जनाएको छ ।
पहिरो पन्छाउनका लागि सडक विभागका उपकरणहरू सुरक्षित रूपमा निरन्तर काम गरिरहेका छन् । यस कार्यलाई थप प्रभावकारी बनाउन कुरिनटार र भरतपुरबाट इन्धनसहितका अन्य आवश्यक उपकरण बोकेका गाडीहरू घटनास्थलमा आवतजावत गरिरहेका छन् ।
प्राकृतिक विपदको यस परिस्थितिमा सम्पूर्ण यात्रुहरूलाई धैर्य धारण गर्न सडक डिभिजन भरतपुरले विशेष अनुरोध गरेको छ । साथै, विभागका गाडीहरूलाई सहजीकरण गर्न र पहिरो सफा गर्ने कार्यमा बाधा नपुगोस् भन्नका लागि लेन अनुशासन अनिवार्य रूपमा कायम गरिदिन समेत आग्रह गरिएको छ ।
सडक डिभिजनले यात्रुहरूले प्रयोग गर्न सक्ने वैकल्पिक सडक मार्गहरूको लागि रुट नेभिगेसन लिंक उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण