बक्यौता असुलीमा सरकारको कठोर निर्णय, असोज मसान्तभित्र बेरुजु र बक्यौता रकम दाखिला गर्नुपर्ने
सारांश
- सरकारले बक्यौता असुलीमा कठोर नीति लिएको छ, जसअनुसार खर्च कटौती सम्बन्धी निर्णय गरेको छ।
- अर्थ मन्त्रालयले कर राजस्व र गैरकर राजस्व असुलीलाई प्रभावकारी बनाउन मन्त्रालयलाई जवाफदेही बनाउने निर्णय गरेको छ।
- सरकारले बेरुजु तुरुन्त असुल उपर गर्ने र मौज्दात रकम २०८२ असोज मसान्तभित्र दाखिला गर्ने निर्णय गरेको छ।
काठमाडौँ । सरकारले विभिन्न सरकारी वा अन्य निकायहरूबाट उठ्नु पर्ने बक्यौता असुलीमा कठोर नीति लिएको छ ।
असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकले खर्च कटौती सम्बन्धी निर्णय गर्दै यस्तो नीति लिएको हो ।
अर्थ मन्त्रालयका अनुसार नेपाल सरकार अन्तर्गतका निकायले प्राप्त गर्नुपर्ने कर राजस्व वा गैरकर राजस्व असुलीलाई प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय जबाफदेही हुने निर्णय भएको छ ।
जसअनुसार अन्तिम लेखा परीक्षणबाट असुल उपर गर्ने भनी तोकिएको बेरुजु तुरुन्त असुल उपर गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रचलित कानुनमा व्यवस्था भएको तर नियामक निकायहरूबाट नेपाल सरकारको कोषमा दाखिला हुन बाँकी मौज्दात रकम २०८२ असोज मसान्तभित्र नियमानुसार दाखिला गर्ने/गराउने निर्णय भएको छ ।
उल्लिखित निर्णय कार्यान्वयनको अनुगमन सम्बन्धित निकायका प्रमुखले नियमित रूपमा गर्ने गराउने समेत सरकारले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण