शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टी–ट्वान्टी क्रिकेटमा ‘मिडिल अडर’ ब्याटिङ सबैभन्दा कठिन

बुधबार, ०८ असोज २०८२, ११ : ४८
बुधबार, ०८ असोज २०८२

सारांश

  • पाकिस्तानका अलराउन्डर हुसेन तलातले ब्याटिङमा आफ्नो भूमिकाको विषयमा बचाउ गरे।
  • तलातका अनुसार टी-ट्वान्टी क्रिकेटमा 'मिडल अडर' ब्याटिङ कठिन हुन्छ।
  • भारतविरुद्धको खेलमा तलातको ब्याटिङ कमजोर रहेपछि पाकिस्तान पराजित भयो।

काठमाडौँ । पाकिस्तानका अलराउन्डर हुसेन तलातले ब्याटिङमा आफ्नो भूमिकाको विषयमा बचाउ गरे ।  तलातले टी–ट्वान्टी क्रिकेटमा ‘मिडिल अडर’ ब्याटिङ सबैभन्दा कठिन हुने बताएका छन् । 

‘हामी भनिरहन्छौँ मिडल अडरमा खेलाडी आक्रामक हुनु पर्छ । त्यस्तै लामो समय क्रिजमा टिकेर खेल्ने हुनु पर्छ । तर टी–ट्वान्टी क्रिकेटमा धेरै खेलाडी असफल भएको देखिन्छ,’ तलातले भने । 

यो दबाब आइतबार भारतविरुद्धको ११औँ ओभरमा क्रिजमा आएपछि पत्ता लगाउन सकिन्छ । पाकिस्तानले ११औँ ओभरअघि प्रति ओभर नौ रनको दरले रन बनाइरहेको थियो । तर जब साइम अयुब आउट भए र तलातलाई अप्रत्याशित रूपमा ब्याटिङ गर्न पठाइयो त्यसपछि खेल  परिवर्तन भयो । 

उक्त खेलमा तलातले ११ बलमा १० रन मात्र बनाए । जसले गर्दा भारतले खेल आफ्नो पक्षमा लिन सफल भयो । तलात क्रिजमा आएपछि सुरु भएको सात ओभरमा जम्मा ३८ रन बन्यो । जुन प्रतियोगिताभरिको खेलको त्यो अवधिमा सबैभन्दा कम थियो । भारतले अन्ततः सहज जित हासिल गर्‍यो । 

‘हामी आशावादी छौँ । हामीले लगभग चार महिनादेखि टी–ट्वान्टी क्रिकेट खेलिरहेका छौँ । हामी ट्रफीबाट दुई खेल मात्र टाढा छौँ । हामीलाई उपाधि  जित्न सक्छौँ भन्ने विश्वास छ,’ तलातले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप