आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

तुइनखाेला पहिराे पन्छ्याइँदै, अलपत्र यात्रुका लागि घुम्ती यातायात सेवा सञ्चालन

बुधबार, ०८ असोज २०८२, १५ : १९
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । चितवनको मुग्लिन–नारायणघाट सडक अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं. ५ चितवन स्थित तुइनखोलामा खसेको पहिरो पन्छाउने काम जारी छ । 

मङ्गलबार साँझ ठुलो पहिरो खस्दा दुवैतर्फबाट बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम कायमै रहेको हुँदा रातको अँध्यारोमा पहिरो पन्छाउने तथा दिनमा पनि पहिरो खसेको बेला अवरोध हटाउने कार्यमा असहज भइरहेको छ ।

बुधबार बिहानबाट चार वटा डोजर/मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । बाटोमा अलपत्र यात्रुहरूलाई व्यवस्थापन एवं उद्धार गर्न जिल्ला प्रहरी कार्यालयले पहिरो स्थानदेखि नारायणगढ भरतपुरसम्म घुम्ती यातायात सेवा सञ्चालन गरिरहेको छ । 

यस्तै प्रहरीले सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पहिरो नजिक नगई आफ्नो सवारी तोकिएको ठाउँमा व्यवस्थापन गरी ट्राफिक व्यवस्थापन एवं सुरक्षा व्यवस्थापन गरी सहयोग गर्न समेत भनिएको छ । 

चालकहरूले आफूखुसी सवारी पार्किङ नगरी तोकिएको ठाउँमा पार्किङ गर्न समेत प्रहरीले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप